arrow

कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिँदै, कांग्रेसको नेतृत्वमा सरकार बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
karnali-pradesh-cabinet.jpg
फाइल तस्विर।

काठमाडौं। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ। माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मङ्गलवार साँझ पाँच बजे क्याबिनेट बैठक मार्फत राजीनामा दिने भएका हुन्। 

नेपाली कांग्रेसको नेतृत्व जीवन बहादुर शाहीले गर्ने भएका छन्। गठबन्धनका नेकपा माओवादी केन्द्रले लुम्बिनी र सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने नेकपा समाजवादीले बागमती र प्रदेश एकको नेतृत्व पाउने छ । गण्डकीमा कांग्रेस नेतृत्वको सरकार बनिसकेको छ भने कर्णालीमा बन्ने निश्चित रहेको छ। 

२०७४ सालको निर्वाचनपछि पाँच वर्षसम्म सत्ताबाहिर बस्न चाहेको कांग्रेस तीन वर्षमै सत्तारोहण गर्न पुगेको थियो । गण्डकी प्रदेशमा मुख्यमन्त्री पाएको छ भने कर्णालीमा पनि प्रदेश सरकारको नेतृत्व गर्ने सहमति गरिसकेको जनाएको छ । तर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सत्ता छाड्न आनाकानी गरिरहेका थिए । त्यहाँ नेपाली कांग्रेसले जीवनबहादुर शाही मुख्यमन्त्री बनाउने तयारी गरे पनि माओवादीले कर्णालीमा सहमति उल्लङ्घन गरिरहेको आरोप शुरु भएको थियो । 

गठबन्धनका दलहरू मध्ये कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीलाई दुई र जसपालाई १ गरी सात प्रदेशमा मुख्यमन्त्री बाँडफाँड गरिएको थियो । 

सहमति अनुसार एमालेबाट विभाजित भएको नेकपा एसलाई दुई वटा प्रदेशमा मुख्यमन्त्री बनाउने प्रक्रिया सुरु अन्तर्गत वाग्मती प्रदेशमा कार्यान्वयन भैसकेको छ । माओवादीले लुम्बिनी र सुदूरपश्चिम प्रदेश, कांग्रेसले गण्डकी र कर्णाली तथा एसले बाग्मती र प्रदेश १ सरकारको नेतृत्व गर्नेछन् । 

माओवादीले तीन वटा प्रदेशको नेतृत्व गरिरहेकाले एउटा प्रदेशको जिम्मेवारी छाड्नुपर्ने हुनाले कर्णाली छाड्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ