arrow

गुरु तेगबहादुर

logo
ज्ञान,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
Guru-Tegh-Bahadurs.jpg

काठमाडौँ । सिखहरूको इतिहासमा हरिराय पछि हरिकिशन गुरु भए । सानै अवस्थादेखि हरिकिशनलाई ठेउला रोगले सताएको थियो । उनको पुरै शरीरमा सो विषालु रोग फैलिएको थियो । जब उनी शरीर त्याग्ने अवस्थामा पुगे तब मानिसहरूले सोधे,'महाराज अब तपाई पछि गुरु परम्परा के हुनेछ, को गुरु हुनेछ ?'

तब उनले तीन पैसा र एक नरिवल लिएर भने, 'बकाले, बकाले' यति भनेर उनको प्राण त्यागे । मानिसहरूले भने गुरु कहाँ छन् सबलै भने गुरु बकालामा छन् ।  सब बकाला पुगे। तब त्यहाँ रहेका साधुहरू सबैले भने म नै गुरु हुँ । सबैले दावी गर्दा त्यहाँ २४ गुरु पुगे । ती सबैले भने हामी नै बाबा बकाले हौ ।  तर त्यहाँ जुन साँचो बादशाह थिए, जो सद्गुरु थिए, उनी चुप रहे, सोचे जे हुन्छ हुन देऊ । यस प्रकार सबै गुरु भनिन थाले ।

एक नगर सेठ पनि गुरु महाराजका शिष्य थिए । उनी आफ्नो जहाजमा सामान लिएर समुन्द्रमा गइरहेका थिए । समुन्द्रमा आँधी आयो । जब उनको जहाज डुब्न लाग्यो तब उनले हृदयबाट गुरु महाराजलाई पुकारे र प्रार्थना गरे कि महाराज मेरो जहाजलाई बचाउनुहोस् म पाँच सय असर्फीको सेवा गर्नेछु । जब उनले यस्तो प्रतिज्ञा साँचो हृदयबाट गरे तब उनको जहाज बच्यो । उनी किनारामा पुग्ने बित्तिकै कुद्दै कुद्दै गुरु भेट्न गए । त्यहाँ जाँदा थाहा पाए गुरु बकालामा हुनुहुन्छ । बकाला पुगेर उनले भने, 'म गुरु महाराजको दर्शन गर्न चाहन्छु ।' मानिसहरूले भने, 'यी सबै बसेका गुरु महाराज हुन् ।'  दर्शन गर्न चौबिस गुरुहरूका आआफ्ना शिष्यहरू आफ्नो गुरु भएको ठाउँमा गए  ।

ती नगर सेठ सोच्न लागे, 'की म पाँच पाँच सय असर्फी दिनेछु त म कङ्गाल हुनेछु ।' उनले सबै गुरुको दर्शन गरे र सबैको चरणमा दुई दुई असर्फी राखे । ती सबै गुरुले मनमनै भने,'हेर हामीलाई सुनको असर्फी दिइरहेको छ निकै चिनजानको भक्त रहेछ।' सबैले उनलाई मुट्ठी भरेर प्रसाद दिए ।

जब सबै गुरुहरूलाई दुई-दुई असर्फी दिएपछि उनले सोचे मैले यी सबै गुरुहरूको सेवा त गरे तर यी सबै नक्कली थिए। असली गुरु महाराज त भेटिएनन् लाग्छ उनी गुरु शक्ति हामी मानिसहरूलाई छोडेर कतै अन्यत्र जानुभयो होला । उनले मानिसहरूसँग सोधे,' भाइ यती नै गुरु हुन् कि अरू पनि कतै छन् ?' उनलाई एक जनाले भने, 'अब त कुनै विशेष बचेका छैनन् । सबै महान् महान् गुरुहरूको त तपाईँले दर्शन गरिसक्नुभयो । तर एक पागल जस्तो बाँकी छन् ।' उनले भने,' बाबा बाकले छन् त्यहाँ झुपडीमा बसेका छन् ।' नगर सेटले सोचे जब मैले सबैलाई दिइसकेको छु भने त्यहाँ पनि केही दिए जसरी सेवा गर्छु । उनी झुपडीमा पुगे यता उता हेरे तब एक बुढी महिला काम गर्दै थिइन् अरू कोही थिएनन् । सोचे यी कस्ता गुरु हुन जोसँग एक मात्र बुढी महिला छिन् । उनले सोधे, 'बाबा भित्र हुनुहुन्छ ? म दर्शन गर्न चाहन्छु ?' महिलाले भनिन् म आइहाले । भित्र गइन र भनिन्,' तपाईँलाई भेट्न कोही आएको छ ।' गुरु महाराजले भने,' पठाइ देऊ ।'

ती शिष्य जसै भित्र पसे उनले दुई असर्फी राखे र प्रणाम गरेर बसे । गुरु महाराज जो असली थिए, साँचो बादशाह थिए । उनले सोचे,' यदि मैले आफैलाई अब प्रकट नगरे यी शिष्य भित्र रहेको साँचो बादशाहप्रतिको विश्वास हट्नेछ । यही भन्नेछ की सबै ढोग हो । भ्रम हो । हाम्रो समाजमा अब त्यो साँचो रुहानियत शक्ति छैन । अत मैले आफै प्रकट गर्नु पर्नेछ ।'  उनले भने,' भाइ तिमिले पाँच सय असर्फी दिने वचन दिएका थियौ र अहिले दुई बटा असर्फीमा टार्दै छौ ।'

सो सुनेर सेठको सारा शरीरमा कम्पन उत्पन्न भयो उनी अनुहार अडाएर ठूलाठूला आँखाले हेरी रहे । गुरु महाराजले कुर्ता हटाएर आफ्नो ढाड देखाउँदै भने, 'हेर तिम्रो जहाज बचाउँदा बचाउँदै मेरो ढाडमा चोट लागेको छ अब तिमि आफ्नो प्रणबाट हट्न चाहन्छौ ।' उनले सबै असर्फीको थैलो राखेर भने, 'महाराज म त तपाईँलाई नै खोजी रहेको थिए ।'

यसपछि उनी बाहिर निस्किएर एक घरको माथि चढेर ठुलो स्वरमा कराउन थाले असली बादशाह यहाँ छन् बाकी सबै नक्कली हुन् । उनले जति पनि बकालामा गुरु बनेर बसेका थिए सबैलाई खेदाए र असली गुरु महाराजलाई त्यहाँ राखे ।

]बाबा बकालेलाई पहिले मानिसहरू पागल भन्थे सोही दिनबाट उनी गुरु तेगबहादुरको नामबाट प्रसिद्ध भए। तबदेखि मानिसहरूलाई थाहा भयो कि सद्गुरुको रुहानियत शक्ति उनी भित्र हुन्छ भनेर।

गुरु तेगबहादुरमा यति धेरै त्यागको भावना थियो कि जब औरंगजेबले उनलाई बोलाए तब उनी गए । संसार भर घुमी घुमी ज्ञानको प्रचार गरे, मानिसहरूलाई जगाएपछि उनी पक्राउ परे । पक्राउ गरेर उनलाई दिल्ली ल्याइयो र थुनेर यातना दिइयो । उनको टाउको काटियो तर पनि उनी सत्यमा अडिग रहे । विचलित भएनन्।  

भन्नुको अभिप्राय यो हो कि सत्यको मर्यादामा चल्ने साँचो महापुरुष हरेक समय संसारमा रहेका छन् । संसार त्यस्ता महापुरुषबाट कहिले खाली भएको छैन र हुने पनि छैन ।



नयाँ