arrow

डेढ लाख बराबरका पटाका लगायतका सामग्री नष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
pataka-tihar.jpg
तस्वीर–फाइल ।

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मितिमा नियन्त्रणमा लिएका ठस्लो मात्राका विष्फोटक पदार्थलाई नष्ट गरेको छ । 

करिब एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाका, आतिशबाजी तथा अन्य विष्फोटक पदार्थ बुधबार बिहान ९ः३० बजे नष्ट गरिएको प्रहरी जनाएको छ । 

प्रहरीले रकेट पटाका ३५ पाकेट, नागिन १२५० प्याकेट, फुलझरी ८०० पिस, रकेट फुलझरी १२० प्याकेट, बिडी पटाका ७ बोरा, कोबरा र बिडी ६ कार्टुन, चक्लेट पटाका ४० प्याकेट नष्ट गरेको हो । 

त्यस्तै झिरझिरे १०० प्याकेट, टेन शट १०० प्याकेट, सतरंगी २० प्याकेट, सेभेन शट २० प्याकेट, स्काइ रेड १५ प्याकेट र रङ दे बसन्ती १२ प्याकेट नष्ट गरिएको प्रहरीले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ