arrow

भारतीय दूतावासको गाडी कसरी जल्यो ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1654924173.jpeg
काठमाडौं । भारतीय राजदूतावासले काठमाडौंको पानीपोखरीमा आफ्नो सवारी साधनमा भएको आगजनी प्राविधि समस्या भनेको छ । उसले प्राविधिक त्रुटिकै कारण् कारण गाडीमा आगलागी भएको जनाएको हो । 
 
नेतृविक्रिम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेको भनि भएको चर्चालाई दूतावासले झुटो प्रचारवाजी भन्दै माओवादीप्रति असन्तोष जनाएको छ । शनिबार दिउँसो काठमाडौको पानीपोखरीमा दूतावासको २२ सीडी १७ नम्बरको कारमा आगलागी हुँदा भित्री भाग जलेको थियो । गाडीको वरीपरीको सिसा पनि फुटेको छ । 
 
दूतावासको प्रतिक्तिया अघि भारतीय नाकाबन्दीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेको चर्चा चलेको थियो । रोेकिरहेको गाडीमा एक्कासी भित्रबाट आगो सल्केको र आगो स्थानीयले नै  मिलेर निभाएको प्रत्यक्षदर्शीको भनाई छ ।
 
दूतावासको गाडीमा आगलागी भएको खबरपछि घटनास्थलमा पुगेका सुरक्षाकर्मीले भने केही पनि भनेनन् ।  तर, चन्द नेतृत्वको माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्माले भारतीय नाकाबन्दीकाविरुद्धमा नागरिकले नै दूतावासको गाडीमा आगजनी गराएको आरोप लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ