arrow

गृहमन्त्रीको निर्देशन - उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने होइन, सहज बनाउने काम गर्नुस्

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
bal-krishnas.PNG

जनकपुरधाम। उद्योगी व्यवसायीलाई काममा सहज पार्न प्रहरी प्रमुख, सुरक्षा निकायका अधिकृतलाई गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिएका छन् । मङ्गलवार जनकपुरधाममा मैथिली विकास कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँडले उद्योगी व्यवसायीलाई सहज हुने काम गरिदिन निर्देशन दिएका हुन्। 

गृहमन्त्री खाँडले भने, ‘प्रदेश नम्बर दुईका प्रहरी प्रमुख, सुरक्षा निकायका अधिकृत र जवानलाई मेरो निर्देशन छ, उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने होइन उहाँहरूलाई सहज बनाउने काम गर्नुस् '


गृहमन्त्री खाँडले नेपालमा तराई-मदेस, हिमाल पहाडको संयोजन रहेको भन्दै विभिन्न धर्म, भाषा, संस्कृति, भेष भूषा, जात र संस्कार रहेको बताए। यो विविधतालाई संयोजन गर्नु नै नेपालीहरूका लागि श्रेयष्कर हुने भन्दै गृहमन्त्री खाँडले आफ्नो भाषा र संस्कृतिलाई सबल बनाउँदै अर्को भाषा र संस्कृतिलाई पनि सम्मान गर्नुपर्ने जानकारी गराए । मैथिली भाषाको संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाँडले भने । 

गृहमन्त्री खाँडले सत्ता र पार्टी सञ्चालनका लागी प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुँदा सजिलो भएको बताए । उदाहरण दिँदै मन्त्री खाँडले यसअघि गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई बिचको अन्तरसंघर्षको कारणले काँग्रेसको बहुमतको सरकार स्मरण गराए ।

गृहमन्त्री खाँणले भने, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, राजनीतिक रूपमा देखिएको गतिरोधलाई अन्त्य गरौँ । सोमबार अबेर रातिसम्म चलेको प्रदेश सुरक्षा समितिको बैठकमा सुरक्षाको विषयमा आन्तरिक र बाहिरी चुनौतीलगायतका विषयमा छलफल भएको गृहमन्त्री खाँणले जानकारी गराए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ