arrow

सुदूरपश्चिम : थप आठ जनामा संक्रमण, एकको मृत्यु

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
sudurpashchim-corona-1619919718.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप  आठ  जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । 

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १११ जनाको नमूना परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर छ र एन्टिजेन विधिमार्फत दुई जनामा संक्रमण देखिएको हो ।  पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र महाकाली अस्पतालमा दुई जनामा संक्रमण देखिएको हो । 

यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर आठ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । 

महाकाली अस्पतालमा उपचारका क्रममा कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ का ७० वर्षीया महिलाको मृत्यु भएको हो । 

यसअघि बुधबार यस प्रदेशमा ६ संक्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । यस प्रदेशमा हालसम्म कोरोनाका कारण ६०७ जनाको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ