arrow

गोलीका खाटाले निदाउन दिदैनन्

सुस्ता बचाउन एसएसबीसँग एक्लै लडेका मुन्ना भन्छन्: 'नेपाली भूमि र स्थानीयले न्याय पाएको हेर्न मन छ'

logo
नारायण वली,
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
munna khan.jpg

रुपन्देही। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को आँखामा परेको नेपालीभूमि सुस्तालाई अतिक्रमणबाट बचाउन एसएसबीसंग एक्लै लडेका थिए मुन्ना खाँन ।

हतियार सहितको एसएसबीसंग उनीहरुकै हतियार खोसेर लडेका मुन्नाले भारतीय पक्षलाई गोली चलाउँदै लखेटेको अनुभव सुनाउँछन् । तर लखेट्नेक्रममा  आफुलाई पनि गोली लागिसकेको उनको भनाइ छ । 

गोली लागेका खाटा उनको शरीरमा अझै मेटिएका छैनन्। उनले आफ्नो शरीरमा लागेको शरीरका खाटा देखाउँदै भने,‘नेपालीभूमि जोगाउन गोली खाएर रगत बगाउँदै लडियो, आखिर अहिलेसम्म सरकारले सिमाना छुट्याउन सकेको छैन् । कहिलेकाहीं गोलीका खाटाले निदाउन दिंदैन । यस्तो बेला आफुलाई विडम्वना लाग्छ ।’

उनको कम्मर र खुट्टामा गोलीका ठूला खाटा छन्‌ । जसका कारण उनी खुट्टाको कमजोरी बन्न पुगेका छन् । भारतीय पक्षले उनीविरुद्ध बिभिन्न बिषय बनाएर मुद्दा लगाएकाले भारत जाने बाटो बन्द समेत भएको छ । उनी भन्छन्,‘समस्या यतिमात्र छैन । सिमानामा बस्ने नेपालीहरुले धेरै दुःख सहनुपर्छ ।. भारतको हेपाहा प्रवृत्तिले कुटपिट, बलात्कार, अभद्र व्यवहार जस्ता सामानाका लागि विगतमा निकै कष्टकर दिन हामीले सामना गरिरहनु परेको छ,’ उनले भने ।

मुन्ना खाँन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ रतनगंजमा बस्दै आएका छन् । उमेरले वुढो हुँदै गएका मुन्ना भन्छन्,‘सुस्ताभूमि र त्यहाँका स्थानीयहरुले न्याय पाएको हेर्न मन छ ।’ तर सरकार र अन्य कुनैपनि राजनीतिक दलहरुले खुलेर आवाज नउठाउँदा सुस्ताले न्याय नपाउने हो कि भन्नेमा चिन्ता लाग्ने गरेको बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ