arrow

एमाले नवलपुरमा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अवैध भएको आरोप

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
nawalpur-uml.JPG

नवलपुर । नेकपा एमाले नवलपुरका युवा नेताहरुले महाधिवेशन प्रतिनिधि छनौट कार्य अवैध भएको आरोप लगाएका छन् । 

एमाले नवलपुरका युवा नेताहरू विद्रोही गिरी, मदन गिरी, भूपेन्द्र खनाल र हुमबहादुर गुरुङले निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर महाधिवेशन प्रतिनिधि छनौट अवैधानिक भन्दै आपत्ति प्रकट गरेका छन् ।

उनीहरूको पत्रमा आफूहरूले महाधिवेशन प्रतिनिधिमा दिएको उम्मेदवारी फिर्ता भएको भनिएको तर आफूहरूले उम्मेदवारी फिर्ता नलिएको, जिल्लाको भौगोलिक समावेशीकरण अनुसार प्रतिनिधि छनौट नभएको, निर्वाचन तालिका अनुसारको काम नभएको र विधान अनुसार पार्टी सदस्यता प्राप्त गरेको पुरुषको हकमा १० र महिलाको हकमा ७ वर्ष पुरा नभएको लगायतका विषयहरू नपुराई समेटिएको छ ।

निर्वाचन समितिलाई लेखिएको पत्रमा नेकपा एमाले जिल्ला कमिटी नवलपुर, नेकपा एमाले गण्डकी प्रदेश कमिटी र नेकपा एमाले १० औँ महाधिवेशन व्यवस्थापन समितिलाई बोधार्थ समेत गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ