arrow

पोखराका एसपी बस्नेत स्याङ्जामा सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
Police Office syangja.jpg

पोखरा । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । 

जसमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसपी राजीवबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा गरिएको छ । उनको स्थानमा धनुषामा कार्यरत प्रकाश रानाभाट आउने भएका छन् । 

स्याङ्जामा कार्यरत एसपी होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानून शाखामा तानिएको छ । 

यसैगरी जिप्रका तनहूँका एसपी दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएको छ । 

मैनालीको स्थानमा सुदूर पश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कैलालीमा कायरुत एसपी राजेन्द्रबाबु रेग्मीलाई पठाइएको छ । 

यसैगरी अनुराग कुमार द्विवेदीको मानव बेचविखन अनुसन्धान व्यूरोबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा सरुवा भएको छ ।

अबिनारायण काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्शालबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा, कृष्ण प्रसाईंको दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीमा र टिकाबहादुर केसीको काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुरमा सरुवा भएको छ ।

तुलबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा र दिनेशराज मैनालीको जिल्ला प्रहरी कार्यालय तनहुँबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ ।

यस्तै, ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयबाट अख्तियारमा, वसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयबाट धनुषा, बेलबहादुर पाण्डेलाई पर्साबाट प्रहरी प्रधान कार्यालय, भूवनेश्वर तिवारीलाई सुदूरपश्चिम प्रदेशबाट सुर्खेत, महेन्द्र खड्कालाई धादिङबाट सुदूरपश्चिम प्रदेश र राकेश सिंहलाई सुर्खेतबाट धादिङमा पठाइएको छ ।

यसैगरी प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलालाई सप्तरीबाट मानव बेचविखन अनुसन्धान ब्यूरो, रामप्रकाश शाहलाई बाँकेबाट नुवाकोट, सन्तोषसिंह राठौरलाई सर्लाहीबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सुरेन्द्रबहादुर गुरुङलाई प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ