arrow

उपमहानगरको अनुदानमा बुटवलका किसान व्यावसायिक खेतीमा

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर ६ सोमबार
lasun ropdai.jpg
बुटवल १८ दुधौलीमा लसुन रोप्दै किसानहरु

रुपन्देही । खेतीपाती गर्न मन छ, जग्गा छैन । जग्गा लिजमा लिएर खेती गरौँ पैसा छैन । गरिहालौं कतै डुविन्छ कि भन्ने डर । यो समस्या सायद धेरैजसोसंग छ ।

सोही समस्यालाई हल गर्न र मुख्यतः वेरोजगार एवं लगानी नभएका तर गर्न चाहनेहरुलाई बुटवल उपमहानगरले कृषिमैत्री किसानमुखी योजना ल्याएको छ ।

बुटवल उपमहानगरले लक्षित गरी किसानहरुलाई व्यावसायिक खेतीमा निर्भर हुनका निम्ति ल्याएको प्रोत्साहन र प्रबर्द्धन योजनाले जग्गा नभएका तर जग्गा लिजमा लिएर व्यावसायिक खेती गर्न चाहेका व्यक्तिहरुलाई वहाल तिरिदिने भएकाले पछिल्लो समय बुटवलका किसानहरु उत्साहित हुँदै गएको पाईएको छ ।

जसले गर्दा यहाँका केही किसानहरु व्यावसायिक तरकारी खेती गर्न यसअघि नै शुरु गरिसकेका छन् । व्यावसायिक खेती गर्न चाहेका व्यक्तिलाई उपमहानगरपालिकाले जग्गा वहालमा अनुदान दिने वताईएको छ ।

विउँ पनि अनुदान दिने भएकाले बुटवल उपमहानगरपालिका वडा नं ११ देखि १९ सम्मका किसानहरु उत्साहित हुँदै गएको पाईएको हो । यही प्रोत्साहनमा पर्न सफल भएका छन्, बुटवल उपमहानगरपालिका वडा १८ दुधौलीका गणेश गाहा । उनि एक प्रतिनिधि पात्र हुन् ।

उनले भर्खरै मात्र करिब डेढ बिघा क्षेत्रफलमा लसुनको वीउँ अनुदान पाएपछि जग्गा लिजमा लिएर व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय तहमध्ये मुलुककै नौलो कार्यक्रम भनिएकोमा बुटवलका कैयौं किसानहरु व्यावसायिक खेतीबाट राम्रो आर्थिक उपार्जन गर्दै आएको बुटवल उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले वताए ।

किसानहरुले उत्पादन गरेको कृषि उपज फसल धितो राखेर पनि अनुदान दिने बुटवल उपमहानगरपालिकाले बताएको छ ।उपमहानगरपालिका ३ हजार ९ सय ३९ हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये आधामा सिंचाईको पहुँच पुगेको छ भने आधामा सिंचाईको पहुँच पुगेको छैन् । त्यस्ता ठाउँमा साना ट्युवेलको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उप-महानगरपालिकाले नगरभित्र कृषिमा निर्भर वनाउनका लागि मागमा आधारित, उत्पादनमा आधारित, ढुवानी अनुदान कार्यक्रम, बिउ उत्पादन कार्यक्रम र माटो सिभिल लगायत योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।

त्यस्तै, उप-महानगरपालिका भित्र पर्ने शहरी क्षेत्र वडा नं १ देखि १० सम्म कौसी र करेसा खेती गर्नेहरुलाई अनुदानको व्यवस्था रहेको शाखा प्रमुख जिसीले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ