काठमाडौं । नेपाल आयल निगमले तेल विक्रि गर्ने नयाँ तालिका सार्वजनिक गरेको छ । रक्सौल नाकाबाट पेट्रोलियम पदार्थ आयात गर्न नपाएकाले अहिले संचित तेललाई आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्ने गरी तालिका बनाइएको आयल निगमले जनाएको छ ।
निगमले अत्यावश्यकिय सेवा अस्पताल, औषधी, दमकल, सवबाहन, फोहोरमैला ढुवानीका सवारी साधनलाई सवै बार १५ देखि ३० लिटर सम्म तेल दिने भएको छ ।
उनीहरुले साझा भण्डार, स्वयम्भु, प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्साल, महालक्ष्मी फ्युल सेन्टर, बसुन्धारा, शक्तिदेवी पेट्रोल स्टेशन लगनखेल, इन्द्रायणी आयल स्टोर्स सानेपा, गुहेश्वरी फ्युल स्टेशन ठिमी र नेशनल टे«डिङ लिमिटेड टेकुमा सम्पर्क गर्नु पर्ने भएको छ । यीनै पेट्रोल पम्पहरुमा आइतबार मंगलबार र शुक्रवार अत्यावश्यक खाद्यबस्तु, दुुध, पानी र तरकारी ढुवानीका सवारी साधनलाई पनि दिइने भएको छ ।
त्यसैगरी, कुटनिटिक नियोग, राजदुतावास स्कुल वसहरुलाई सोमबार र विहिबार साझा भण्डार स्वयम्भु, प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्साल, महालक्ष्मी फ्युल सेन्टर बसुन्धारा, शक्तिदेवी पेट्रोल स्टेशन लगनखेल, इन्द्रायणी आयल स्टोर्स सानेपा, गुहेश्वरी फ्युल स्टेशन ठिमीबाट विक्रि गरिने आयाल निगमले जनाएको छ ।
हरियो नं. प्लेट भएका पर्यटक बाहक सवारी साधनलाई आईतवार, मंगलवार र शुक्रवार हल्चोक फ्युल स्टेशन स्वयम्भु, नेवा टे«ड कन्सर्न खुशीवु, जयकुमारी इ.पं सोह्राखुट्टे र गेहेश्वरी फ्युल स्टेशन ठिमीबाट तेल विक्रि गरिने भएको छ । पुर्वपश्चिम लामो दुरी तथा मध्यम दुरीमा चल्ने सवारी साधनलाई रुट बमोजिम सवै बार दिनेगरी पेट्रोल पम्पहरु (पम्पको नाम सुचीमा हेर्नु होला) तोकिएको छ ।
ट्रिपर र ट्रकलाई सोमवार र विहिवार महालक्ष्मी फ्युल सेन्टर बसुन्धरा, शक्तिदेवी पेट्रोल स्टेशन लगनखेल र इन्द्रायनी आयल स्टोर सानेपा मध्इे कुनै एक बाट ३० लिटर तेल दिने व्यवस्था गरिएको छ । लोकल रुटका सावारी साधनलाई भने सवै बार रुट बमोजिम सवारी साधन छुट्ने स्थानको नजिक रहेका पेट्रोल पम्पबाट तेल दिईने आयल निगमले बनाएको तालिकामा उल्लेख छ । सरकारी, संस्थान, संघसंस्था तथा मिडियाका सवारी साधनलाई हरेक शुक्रवार सवै सरकारी पम्पहरुमा तेल विक्रि गर्ने गरी तालिका बनाइएको आयाल निगमले जनाएको छ ।