arrow

सुदूरपश्चिममा थपिए १९ संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
corona-covid-dalta-plus.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८३९ जनाको नमुना परीक्षण गर्दा १९ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत १४ र एन्टीजेन विधिमार्फत पाँच जनामा संक्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पतालमा छ जनामा पुष्टि भएको छ । यस्तै एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन र बैतडीका दुई जनामा संक्रमण देखिएको हो ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण मृत्यु भएको छैन  ।  यसअघि बिहीबार यस प्रदेशमा आठ जनामा संक्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए ।

सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ