arrow

भीष्मपितामहका १२ नाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
bhishma-pratigya.jpg

महाभारतका सबैभन्दा महत्त्वपूर्ण पात्र मध्ये एक हुन् भीष्म पितामह। युद्धमा पितामहले कौरवहरूको तर्फबाट युद्ध लडेका थिए । भीष्म पितामह पूर्व जन्ममा वसु थिए । शन्तनु र गङ्गाका आठ पुत्र नै आठ वसु हुन । यिनीहरू तेत्तीस कोटि देवतामा पर्दछन् । यहाँ भीष्म पितामहको १२ नाम बारे उल्लेख गरिएको छ । 

देवव्रत
देवव्रत भीष्मको वास्तविक नाम हो । जुन उनको आमा गङ्गाले राखेकी थिइन् । भीष्म प्रतिज्ञा नलिएसम्म उनलाई यही नामले चिन्थ्यो ।

भीष्म
सदा ब्रह्मचारी रहने प्रतिज्ञा गरेको कारणले उनलाई यो नाम दिइएको हो । भीष्मको अर्थ भीषण हो र उनको भयानक व्रतका कारण उनले देवता र शन्तनुबाट यो नाम पाएका हुन्।

गंगापुत्र
गङ्गाका पुत्र भएकाले उनको यो नाम रह्यो ।

शान्तनव
शन्तनुको छोरा भएको कारणले उनलाई यो नाम दिइएको हो ।

पितामह
कुरुवंशको वयोवृद्ध भएका कारण उनलाई यो नाम दिइएको हो ।

महामहिम 
आर्यावर्तका सर्वश्रेष्ठ योद्धा हुनको कारण उनलाई महामहिम पनि भनिन्थ्यो ।

गौरांग 
उनको गोरो रङको कारणले उनलाई यो नाम दिइयो ।

श्वेतवीर
सधैँ सेतो लुगा लगाउने र निर्दोष स्वभावका कारण उनलाई यो नाम दिइयो ।

अष्टवसु
आठौँ वसु  द्यौ (प्रभास) को अंशावतार भएको कारणले उनलाई यो नाम दिइयो।

अजेय
उनलाई पराजित गर्न कसैको लागि पनि सम्भव थिएन। विशेष गरी युद्धमा परशुरामलाई पराजित गरेकाले उनलाई यो नाम दिइएको हो ।

इच्छामृत्युधारी
उनले बुबा शन्तनुबाट इच्छा मृत्युको वरदान पाएका थिए जसका कारण उनको इच्छाविना मृत्युले छुन समेत सक्ने थिएन  । यही कारणले उनलाई यो नाम दिइएको हो ।

प्रस्वपास्त्रधारी 
महाभारत र रामायणमा ब्रह्मास्त्रको ज्ञाता कयौँ छन्। स्वयं भीष्मलाई पनि ब्रह्मास्त्रको ज्ञान थियो तर प्रस्वपास्त्र एक विशेष अस्त्र थियो जुन केवल भीष्मसँग मात्र थियो। अन्य कुनै पनि योद्धासँग सो अस्त्र भएको वर्णन पाइँदैन । यसै कारण भीष्मलाई प्रस्वपास्त्रधारी पनि भनिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ