arrow
ADVERTISEMENT

शत्रुलाई पराजित गर्नु छ भने राखौँ यी कुरा ध्यानमा

logo
चाणक्य नीति,
प्रकाशित २०७८ मंसिर २२ बुधबार
chanakya.jpg

आचार्य चाणक्यसँग तीक्ष्ण बुद्धि हुनुका साथै विभिन्न विषयमा गहन ज्ञान थियो। उनलाई अर्थशास्त्रको मर्मज्ञ भनिन्थ्यो। उनले आफ्नो जीवनमा प्रतिकूल परिस्थितिहरूको सामना गरे, तर उनले कहिल्यै हार मानेनन्। 

आचार्य चाणक्यले प्रतिकूल परिस्थितिमा पनि आफ्नो धैर्यता कायम राखे र बुद्धिको बलमा आफ्ना शत्रु घनानन्दलाई परास्त गरेर इतिहासको धार बदलिदिए। चन्द्रगुप्तलाई सम्राट बनाउनमा आचार्य चाणक्यको सबैभन्दा महत्त्वपूर्ण भूमिका थियो। आचार्य चाणक्यद्वारा लिखित नीति शास्त्रमा मित्रदेखि शत्रुसम्मलाई महत्त्वपूर्ण सुझाव दिइएको छ। आचार्य चाणक्यले नीति शास्त्रमा केही यस्ता महत्त्वपूर्ण कुराहरू बताएका छन्, जसलाई ध्यानमा राखेमा शत्रुलाई पराजित गर्न सकिन्छ।

आफूभन्दा शत्रु बलियो भए
युद्धको मैदानबाट भाग्नुलाई मानिसहरू कायरता भन्छन् तर आचार्य चाणक्यको धारणा फरक छ । उनी भन्छन् यदि शत्रु तिमीभन्दा बलियो भए वा अचानक आक्रमण गरे त्यस्तो अवस्थामा तिमीले केही गर्न नसकेमा लुकेर बस्नु उपयुक्त हुन्छ ।  किनकि जब प्राण बच्छ तब मात्र तिमिले शत्रुलाई जित्न सक्छौ । यस्तो अवस्थामा त्यहाँबाट हटेर  आफ्ना शुभचिन्तकहरूलाई जम्मा गरेर आफूलाई शक्तिशाली बनाएर फेरि शत्रुमाथि आक्रमण गर्नुपर्छ। नीतिशास्त्र अनुसार शक्तिशाली शत्रुलाई बलले होइन बुद्धिले परास्त गर्नुपर्छ।

शत्रुलाई कमजोर सम्झने गल्ती
आचार्य चाणक्यले भनेका छन् आफ्नो शत्रुलाई कमजोर ठान्ने गल्ती कहिल्यै गर्नु हुँदैन। जसले आफ्नो शत्रुलाई कमजोर सम्झेर गल्ती गर्छ, उसले अवश्य घाटा बेहोर्छ । शत्रुलाई कमजोर सम्झेर मानिसहरू प्रायः लापरबाही गर्छन् र यो नै सबैभन्दा ठुलो गल्ती हो ।

शत्रुको गतिविधिमा निगरानी
आचार्यले भन्छ यदि कसैले आफ्नो शत्रुलाई जित्न चाहन्छ भने, व्यक्तिले शत्रुको कमजोरी र बल दुवैलाई बुझ्नुपर्छ। त्यसैले शत्रुको हरेक गतिविधिलाई निगरानीमा राख्नुपर्छ। ताकि समयमै योजना बनाएर जित हासिल गर्न सकियोस् । शत्रुको हरेक ज्ञानले उसलाई जित्न धेरै सजिलो हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ