arrow

 कांग्रेस संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार चयनको प्रयास बुधबार पनि विफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
poudel-team-metting.jpg

काठमाडौं । १४औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार चयन गर्न कठिन भएको छ ।

आकांक्षीहरुले आफ्नो अडान कायम राखेकाले एक मात्र सभापतिको उम्मेदवार बन्ने सम्भावना कम हुँदै गएको नेताहरुले बताएका छन् ।

सभापतिका एक दाबेदार डा.शंशाक कोइरालाले नेता रामचन्द्र पौडेलका लागि समर्थन गर्न तयार रहेको जनाए पनि डा. शेखर कोइराला र प्रकाशमान सिंहले अडान कायम राखेकाले एक मात्र उम्मेदवार चयन गर्न कठिन भएको हो ।

साझा उम्मेदवार चयन गर्न बुधबार दिनभर भएको प्रयास असफल भएको छ । बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भनिए पनि सहमति जुट्न नसकेको नेता सिंहको सचिवालयका एक सदस्यले भने ।

साझा उम्मेदवार तयार गर्न नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले सहमति जुटाउन सकेन् । ति सदस्यका अनुसार नेताहरु बिहीबार बिहान ८ बजे पुनः छलफलमा बस्ने गरी बाहिरिएका छन् ।

बुधबार दिनभर भएको छलफलमा नेता सिंहले आफू कुनैपनि हालतमा सभापतिको दाबी नछाड्ने अडान लिएका थिए । तर नेता पौडेल र कोइरालाद्वय भने मिलेर जानुपर्ने पक्षमा उभिएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ