- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो ।
बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ ।
नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । जित हाँसिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन् ।
आइतबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । यस खेलबाट अर्को फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ ।
प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलोदशको समान ७ अंक रहेको छ ।
भारतको भने ६ अंक छ ।