arrow

दुई समूहबीच छुरा हानाहानमा एकको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
knife1.jpg
तस्बिर– सांकेतिक

सिराहा । सिराहाको गोलबजार नगरपालिका ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

छुरा प्रहारबाट घाइते भएका गोलबजार नपा ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसिटी अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुई समूहबीच झडप भएको र घाइते भएको जनाए पनि घटनाबारे अझै विस्तृत विवरण आइनसकेको जनाएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ