arrow

सभापति देउवालाई किराँत धर्मगुरुको शुभकामना सन्देश, ज्ञापन पत्र पनि बुझाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
deuba-kiratguru.jpg

काठमाडौं । किराँत धर्मगुरु आत्मनन्द लिङदेन सेइड तथा गुरुआमा पवित्र हाङ साँवाको तर्फबाट नव निर्वाचित कांग्रेस सभापति शेर बहादुर देउवालाई शुभकामना सन्देश साथै ज्ञापन पत्र बुझाइएको छ ।

नेपाली कांग्रेस इलाम सभापति डम्बर खड्काको संयोजनमा  धर्मगुरुका निजी सचिव खडग साँवा कानुनी सल्लाहकार एनएस फागोलगायतले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई शुभकामना सन्देश र ज्ञापन पत्र बुझाइएको हो ।

नेपाली कांग्रेस माङसेबुङ गाँउपालिका इलामका उपसभापति यलम्बर साँवा, आर्युवेद प्राविधिक मनिहाङ नेम्बाङ, सोम लिम्बु, सेवा साँवा, बीर बहादुर आङला, खडग खालिङको उपस्थितीमा सोमबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा पुगेर शुभकामना सन्देश र ज्ञापन पत्र बुझाइएको हो ।

उक्त अवसरमा माङसेबुङ लारुम्बाको ६ किलोमिटर रिङरोड कालोपत्र बनाउने, महागुरुको जन्मस्थल चुक्चानाम्बा देखी आत्मानन्द जन्मस्थल अगौटेबारीसम्मको खानेपानीको ब्यवस्थापन, आत्मा पवित्र स्वयम्बर मार्ग स्तरोन्नती, आत्मा पवित्र गौशाला ब्यवस्थापन लगायतको माग राख्दै ज्ञापन पत्र बुझाइएको हो ।

सो अवसरमा इलाम कांग्रेस सभापति खडकाले जिल्लाको धार्मिक क्षेत्रको विकास निर्माण तथा संरक्षण र प्रवद्र्धनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण समेत गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ