- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । दाङको देउखुरी उपत्यका, लुम्बिनी प्रदेशको स्थायी राजधानी नजीक रहेको प्रमुख शहर लमहीमा साँझ परेपछि प्राथमिक उपचार पाउन मुस्किल पर्ने समाचार पढ्दा सायद धेरै जसोलाई पत्यार नलाग्न सक्छ ।
जुन,लमही नगरीको भूगोल वाट लुम्बिनी प्रदेश सरकारको स्वास्थ्यमन्त्री इन्द्रजित थारु वनेका छन् । यस अर्थमा पत्यार नलाग्नु स्वाभाविकै हो । तर सत्य यहि नै हो । लमही अस्पतालको अवस्था कहालीलाग्दो छ । जहाँ, न दक्ष डाक्टर, सामान्य औषधी, सिरिजं लगायत स्वास्थ्य सामाग्री निजि क्लिनिक वाट विरामीले किनेर त्यही सरकारी अस्पताल लमही अस्पतालमा उपचार गराउनुपर्ने वाध्यता छ ।
वढ्दो चिसोले पछिल्लो समय चिसोका विरामी वच्चा देखि बुढापाका सम्मलाई चिसोले श्वासप्रश्वासमा समस्या देखा पर्दै गएको र वाफ लगाउनुपर्ने अवस्था आएमा लमही अस्पतालमा २४ औं घण्टा स्वास्थ्य उपचार सेवा उपलब्ध छैन ।
जसका कारण स्वास्थ्य क्षेत्रमा जोखिम मोल्नुपर्ने विडम्वना रहेको लमहीकी चन्द्रा वस्नेतले वताईन । उनले भनिन्, पुस २ गते राति साढे १० वजे मेरो १५ महिनाको छोरालाई चिसोले रुघाखोकी र घाँटीमा समस्या देखिएपछि उपचारका लागि निजि क्लिनिक वन्द भैसकेकाले लमही अस्पताल लगे, यतीबेला कुनैसेवा नपाएपछि घर ल्याउन वाध्य भए ।
१५ शैयाको अस्पताल रहेको लमही अस्पताल, लमही नगरपालिकाको मातहतमा सञ्चालन हुँदै आएको छ । स्थानीय तहले सञ्चालन गर्ने जिम्मेवारी रहेपनि लमही नगरपालिकाले अस्पतालको विकास, प्रभावकारी उपचार र चुस्त व्यवस्थापनमा व्यवास्ता गर्दै आएकाले त्यहाँका स्थानीय तथा पूर्वपश्चिम राजमार्गमा हुने दुर्घटनाको भरपर्दो प्राथमिक उपचार समेत पाउन सकस रहेको लमहीका सञ्जय श्रेष्ठले वताए ।
अस्पताल भित्र रहेको फार्मेसी सेवा रहेपनि पर्याप्त मात्रामा औषधि छैन । स्तरोन्नति गर्नका लागि अस्पताल संग जग्गा भएपनि तर लमही नगरपालिकाले चासो नदेखाएका कारण अस्पतालको सेवा दिन काट्ने रात विताउने जस्तै भएको छ
यता लमही अस्पतालकी सुपरिटेण्डेण्ट रञ्जिता महतोले आफु पहिले आउँदा अस्तव्यस्त भएको र त्यस्तो अवस्थामा आफुले काम नसक्ने भन्दै राजिनामा दिए वताउँदै अहिले केही सुधारको चरणमा रहेको उल्लेख गर्दै औषधि खरिद प्रक्रियामा जाने तयारी भइरहेको वताईन ।