arrow

स्थानीय तहले चिन्न नसकेको बगारबाबा धार्मिक स्थल

logo
नारायण वली,
प्रकाशित २०७८ पुष १० शनिबार
IMG_2880.JPG

रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको रिहारस्थित सडक छेवैमा रहेको रुखमुनिको सानो मन्दिर । धेरैजसोले सवार गर्दा दर्शन गर्ने ठाउँ हो । हेर्दा सानो मन्दिर, त्यो पनि जीर्ण बन्दै गएको । तर त्यहाँको महत्व अन्य धार्मिक स्थल भन्दा पृथक छ ।

रिहार मन्दिरले चिनिए पनि धार्मिक स्थलको नाम बगारबाबा हो । सो मन्दिरमा भगवान बगारबाबाको पूजाआजा गरिन्छ । अघिपछि सुनसान हुने बगारबाबा धार्मिकस्थल वर्षको एउटा महिना माघ १ गते विशेष मानिन्छ । तामझाम र रंगीचंगी झकिझकाउ पारेर मेला लाग्ने गर्दछ । 

ऐतिहासिक महत्व बोकेको बगारबाबामा मागेको वर पूरा हुने जनविश्वास छ । सत्ययुगमा गाई गोठालो गएको बेला सहोदर मामा भान्जीले उक्त क्षेत्रभित्र अनैतिक सम्बन्ध राखेको र जसले गर्दा उनीहरु त्यही ओलाप्पिएको शक्ति बिम्व देख्न सकिन्छ । अन्य धार्मिकस्थलमा ब्राह्मण पुजारी हुने पराम्परा छ भने बगारबाबामा थारु जातिको (पुजारी) हुने प्रचलन छ । 

वर्षको एकपटक माघ १ गते लाग्ने मेलामा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट तिर्थालुहरु करिब दुई हप्ता अगाडि आएर पूजाआजा गर्ने र मेला सकेर घर फर्किने गर्दछन् । 

संरक्षण एवं प्रर्बद्धनको पर्खाइमा रहेको बगारबाबा धार्मिकस्थल पछिल्लो समय जीर्ण बन्दै गएको छ । दाङको देउखुरी उपत्यकाको लमही नगरपालिका वडा–९ मा रिहार मन्दिर मन्दिर रहेको छ । बगारबाबा धार्मिक स्थललाई स्थानीय तहले चिन्न नसकेको गुनासो स्थानीयहरुको छ । 

जसले गर्दा त्यहाँ रहेको महत्वपूर्ण मानिने ढुंगा चोरी भैसकेको छ । जुन ढुंगा बगारबाबा धार्मिकस्थलको धरोहर मानिन्थ्यो । स्नान गर्नलाई सधै तातोपानी हुने तप्तकुण्ड पोखरीमा वर्षातको समयमा नजिकै रहेको खोला पसेर हिलाम्मे हुने गरेको स्थानीय विकास चौधरीले बताए । 

उनले भने, ‘संरक्षण अभावमा पहिले भन्दा धेरै यहाँको महत्व एवं शक्ति हराउँदै गएको हामीहरुलाई भान हुन थालेको छ ।’

एक स्थानीयले नाम नबताउने सर्तमा भने, ‘यस धार्मिक क्षेत्रको अध्यक्ष मेघसिंह पछाई हुनुहुन्छ, उहाँले यस क्षेत्रको विकासका लागि के गरिरहनु भएको छ हामीलाई थाहा छैन । स्थलगत रुपमा हेर्दा विकास भएको छैन । माघी मेलाबाट हुने आयव्यय सार्वजनिक गरिँदैन । अथवा कहाँ गरिन्छ हामी बखवर छौं ।’ 

संरक्षण एवं प्रवद्र्धनको पर्खाइमा रहेको बगारबाबा धार्मिक स्थलको विकासका लागि लमही नगरपालिकाले पनि ५ वर्षको अवधिमा कुनै चासो नदेखाएको पाइएको छ । नगरपालिका भित्रको चर्चित एउटा मात्रै ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको बगारबाबा धार्मिक स्थललाई लमही नगरपालिकाले उपेक्षा गरेको स्थानीयहरुको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ