arrow

पराशर ऋषिका पितालाई जब राक्षसले खायो 

logo
महाभारत
प्रकाशित २०७८ पुष ११ आइतबार
parasar-rishi.jpg

ऋग्वेदका मन्त्रदृष्टा र गायत्री मन्त्रका महान् साधक सप्त ऋषिहरु मध्ये एक महर्षि वशिष्ठका पुत्र महान् वेदज्ञ, ज्योतिषाचार्य, स्मृतिकार एवं ब्रह्मज्ञानी ऋषि पराशरका पिताको नाम शक्तिमुनि र माताको नाम अद्यश्यंती थियो। पराशरका बाष्कल र याज्ञवल्क्यका शिष्य थिए। पराशर ऋषिका पितालाई राक्षस कल्माषपादले खाएका थिए ।

एक समयको कुरा हो पराशर ऋषिका पिता शक्ति एकायन मार्ग द्वारा पूर्व दिशाबाट आउँदै थिए । दोस्रो तर्फ (पश्चिम) बाट राजा कल्माषपाद आइरहेका थिए। बाटो यति साँघुरो थियो कि एक जना मात्रै जान सक्थ्यो र अर्को हट्नपर्थ्यो । तर राजालाई राजदण्डमा अहङ्कार थियो र शक्तिलाई आफू ऋषि भएकोमा ।

राजाभन्दा ऋषि ठुला हुन्छन्, त्यसैले राजा हट्नुपर्थ्यो । तर राजा हटेनन्, शक्ति ऋषिलाई कोर्राले पिट्न थाले । राजाको यो कर्म राक्षस जस्तै थियो, त्यसैले शक्तिले राजालाई राक्षस बन्ने श्राप दिए। शक्तिको श्रापको कारण राजा कल्माशपाद तुरुन्तै राक्षस बने । राक्षस बनेका राजाले आफ्नो पहिलो गाँस शक्तिलाई बनाए र ऋषि शक्तिको जीवन समाप्त भयो।

जब पराशर ऋषिलाई यो कुरा थाहा भयो, उनले राक्षसहरूको पूर्ण विनाशको लागि राक्षस-शत्र यज्ञ सुरु गरे, जस कारण एकपछि अर्को राक्षसहरू तानिँदै यज्ञमा आएर भस्म हुँदै गए । 

धेरै राक्षसहरू नाश हुँदै थिए, यस्तो अवस्थामा महर्षि पुलस्त्य पराशर ऋषिकोमा पुगे र यो यज्ञ रोक्न अनुरोध गरे ।  उनले अहिंसाको उपदेश पनि दिए। पराशर ऋषिका पुत्र वेद व्यासले पनि पराशरलाई यो यज्ञ बन्द गर्न अनुरोध गरेका थिए । बिना दोष सबै राक्षसहरूको संहार गर्नु अनुचित हो भने। पुलस्त्य र व्यासको प्रार्थना र उपदेश पछि, उनले राक्षस-सत्र यज्ञको  पूर्णाहुति दिएर रोके।

पराशर ऋषिले निषादजकी छोरी सत्यवतीसँग कुमारी अवस्थामा सम्भोग गरेका थिए, जसबाट महाभारतका रचनाकार वेद व्यासको जन्म भएको थियो । सत्यवतीले पछि राजा शन्तनुसँग विवाह गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ