arrow

प्रधानन्यायधीशविरुद्ध डा.गोविन्द केसीः करोडौं भ्रष्टाचार गरेको भन्दै जबराको सम्पत्ति छानबिन गर्न माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
govinda-kc-jabara.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका कानून व्यवसायीहरुसँग अब बृहत नागरिक आन्दोलनका अगुवा र अभियन्ता डा.गोविन्द केसी पनि जोडिएका छन् ।

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै डा.केसीको अगुगाइमा वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार पुल्चोकस्थित विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत नागरिक आन्दोलनका अगुवा डा. केसीसहितको टिमले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराले भाई, धर्मपत्नी, परिवारका अन्य सदस्य एवं नातेदार, उनका निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवं पेशेवरहरुको सहयोगमा भ्रष्टाचार गरेको गम्भीर आरोपसमेत लगाएका छन् ।

प्रधानन्यायाधीश जबराले विशेष अदालतको न्यायाधीश हुँदा अवैधरुपमा करोडौँ रुपियाँ भ्रष्टाचार गरेको र सो रकम पत्नी रेजी राणाको नाममा २०६५ सालमा ठमेलस्थित कि.नं १०९ र ११० को जग्गा किनेको आरोपसमेत लगाइएको छ ।

ज्ञापनपत्र बुझाउँदै नागरिक आन्दोलनका अगुवासमेत रहेका डा.केसीले शक्तिको आडमा जिम्मेवार पदाधिकारीको संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक जीवनशैली देखाएका प्रधानन्यायाधीशको सम्पत्ति अपरादर्शी देखिएकोले छानबिनको माग गरेको बताए ।

उनले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेको कुरा आम सञ्चारमाध्यमहरुमा आइरहेकोले नागरिक समाज चुप लागेर बस्न नसक्ने बताए । केसीले भने, ‘शक्तिको आडमा जिम्मेवार पदाधिकारीको संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक जीवनशैली देखाएका न्यायाधीशको सम्पत्ति अपरादर्शी देखिएकोले छानबिनको माग गर्दछौँ ।’   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ