- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । गत पुस ८ गतेदेखि बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा ब्यापार मेलामा राखिएको सेल्फीजोन मेला अवलोकन गर्न आउने दर्शकहरुको पहिलो आकर्षणको मोह बनेको छ । पछिल्लो समय प्रविधिको प्रयोगमा चर्चा कमाउन सफल सेल्फीले मेलास्थलमा राखिएका सेल्फीजोनले धेरैको ध्यान तानेको हो ।
विभिन्न थरिका संरचनामा बनाइएका १५ वटा सेल्फीजोनमा सेल्फी खिच्नेहरुको भ्याइनभ्याइ हुन्छ । मेला अवलोकन गर्न आउनेहरु सायदै कमै भेटिन्छन् सेल्फी नखिचेर फर्कनेहरु । जुन मेलामा दर्शकहरुको लागि फ्री वाइफाइको समेत व्यवस्था मिलाइएको छ । जसको सहयोग रहेको छ डिसहोम फाइवर नेटको । यो अन्य मेला भन्दा फरक छ । जसले गर्दा सेल्फीजोनमा खिचिएका फोटोहरु तत्कालै सामाजिक सञ्जालमा राख्न सकिने सहजता छ ।
यतिमात्रै होइन शान्तिका प्रतीक गौतमबुद्धको मूर्तिसमेत राखिएको छ । मेलास्थलमा ११ थरीका देवीदेवताका मूर्ति छन् । जसमा दर्शकहरु फोटो खिच्नेमा व्यस्त हुन्छन् । मेलाआयोजक तथा उद्योग व्यापार संघ बुटवलका महासचिव पदम जिसीले दिएको जानकारी अनुसार सोमबार करिब १० हजार दर्शकले अवलोकन गरेका छन् । हालसम्म कूल १ लाख दर्शक मेलामा आएको बताइएको छ ।
स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिक तथा व्यापार विविधिकरण भन्ने नाराका साथ सञ्चालित प्रदर्शनी मेलामा चर्चित राष्ट्रिय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिलाउँदै आएको सांगीतिक प्रस्तुती प्रचारप्रसार समितिका संयोजक जनेश पन्थीले बताएका छन् ।
मेलामा बालउद्यानदेखि कृषिजन्य औजार सम्बन्धी विभिन्न औद्योगिक वस्तु, घरेलु उत्पादित सामग्री र नियमित रक्तदान जस्ता मावन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका स्टलहरु राखिएका छन् ।
४ सय ७० वटा स्टल छन् भने बालउद्यान र प्रदर्शनीस्थलको गरी बुटवल उपमहानगरपालिकाले आयोजक संस्थाबाट ५ प्रतिशन रकम लैजाने भएको मेला आयोजकले बताएको छ ।