arrow

पुस २२ मा बस्दै एन्फाको कार्यसमिति बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
anfa-logo-final.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक बस्ने भएको छ । कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेसँगै एन्फाको १५औं कार्यसमितिको बैठक पुस २२ गतेलाई बोलाइएको छ । 

एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै २२ पुसलाई बैठक आह्वान गरेका हुन् । १ पुसमा एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित उपाध्यक्ष वीर बहादुर खड्का, कृष्ण थापा र सदस्य किरण राई दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले लामो समय एन्फाको  बैठक बस्न नसकेको र साधारणसभा जिल्ला लिग, राष्ट्रिय लिग सम्बन्धी छलफल गर्न माग गर्दै बैठक माग गरेका थिए । 

एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ ।  जस अन्तर्गत २२ गते एन्फा मुख्यालयमा दिउँसो १२ः३०  बजे बैठक बोलाइएको हो । 



नयाँ