कर्णालीका जिल्लामा हिमपात : किसान हर्षित, मुगुमा यो वर्ष पहिलो पटक हिमपात
खड्क सुनार
प्रकाशित २०७८ पुष १४ बुधबार
784
Shares
मुगु। साबिकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ। पुस पहिलो साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मङ्गलवार रातिबाट भारी हिमपात भइरहेको हो। मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको छ। हिमपातका कारण चिसो बढेको छ। मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको खबर आएको छ। डोल्पाको सदरमुकाम दुनैमा हल्का हिमपात भए पनि उच्च क्षेत्रमा भारी हिमपात भएको छ।
मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्। मगु सदरमुकाम गमगढी बजारमा भारी वर्षा भएको छ। हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोगं गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन्।
किसान खुसी
मध्य पुसमा भारी हिमपात हुँदा कृषि बाली सप्रिने भन्दै किसान खुसी भएका छन्। गहुँ, जौँको उत्पादन बढ्ने आशा पलाएको किसान मणिचन्द्र भामले बताए। कारखाना