arrow

महिला भलिबल टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
270202636_978890349409785_3706612621183789821_n.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् ।

लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई शुभकामना दिएका छन् ।

मंगलबार बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि नेपाली महिला टिमले जितेको थियो । उज्बेकिस्तानलाई नेपालले ३–२ को सेटमा हराएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ