- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । भेरी अञ्चल अस्पतालको क्वार्टरमा निसास्सिएर चार जनाको मृत्युु भएको छ भने तीन जना गम्भीर बिरामी भएका छन् । कर्णाली प्रदेशको मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोट खाँडाचक्र नगरपालिका ६ का २३ वर्षीय धनप्रसाद भट्टराईको मृत्यु भएको हो ।
त्यस्तै उनका ३ महिने छोरा इप्सन, सासु ५२ वर्षे कोपिला भट्टराई र २२ वर्षे बहिनी कोली भट्टराईको मृत्यु भएको हो । उनीहरुको निसास्सिएर मृत्यु भएको हुन सक्ने बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यो घटनाको गहिरिएर अनुसन्धान गर्ने बताएका छन् । उनले तालिमप्राप्त कुकुरसहित घटनास्थलको छानबिन भइरहेको बताए ।
मृतकको पोष्टमार्टम हुँदैछ । यसको रिपोर्ट आएपछि थप जानकारी आउने उनले बताए ।
तीन जनाको अचेत अवस्थामा भेरी अस्पतालमै उपचार भइरहेको छ । भट्टराईकी २२ वर्षे श्रीमती सुशीला, ३ वर्षे छोरा दिवस र १८ वर्षे भाइ नरेश भट्टराईको उपचार भइरहेको छ ।
गएराति १ बजे अस्पतालले सम्पर्क गर्दा भट्टराईले फोन नउठाएपछि बिहान ६ बजे कोठामा जाँदा मृत फेला परेको अस्पतालले जनाएको छ ।