arrow

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: चर्चा धेरै, काम अधुरै

logo
नारायण वली,
प्रकाशित २०७८ पुष १५ बिहिबार
gautambuddha-airportfinal.jpg

रुपन्देही । निर्माण कार्य शुरु भएको सात वर्षसम्म पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा वन्न थालेको रुपन्देहीको भैरहवा स्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको चर्चा धेरै काम अपुरै भएको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत मंसिर दोस्रो साता सार्वजनिक गरेको क्यालिव्रेशन फ्लाइट अन्ततः हुन नसकेपछि अझै अपुरै भएको स्पष्ट भएको हो ।

थाइल्याण्ड एरोथाईका प्राविधिकिहरुले स्थलगत अनुगमन गरेपछि तोकिएको समयमा परीक्षण उडान हुन नसकेको हो । टोलीले केही प्राविधिक कुराहरु थप गर्नुपर्ने भनाई छ तर भारतले अनुमति नदिएको हुनसक्ने टिप्पणी हुन थालेको छ ।

यसविषयमा नेपाल नागरिक उड्डयन प्राधकिरणका निर्देशक प्रदीप अधिकारीले आवश्यक प्राविधिक भौतिक पूर्वाधार थप गरेपछि मात्रै परिक्षण उडान गर्न सकिने सुझाव दिएर एरोथाईको टोली फर्किएको वताउँछन् । उनले भने,'टोलीले अहिले मौसम पनि अनुकुल छैन्, यस्तो मौसममा परीक्षण नगरौं, भन्ने सुझाव दिएकाले निर्धारित समयमा परीक्षण उडान गर्न नसकिएको हो ।'

यता, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रवेश अधिकारीले धावनमार्ग निर्माण कार्य सम्पन्न भएको र अन्य प्राविधिक संयन्त्र पनि जडान गरिसकेको वताएका छन् ।

आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोनटकिल रेडियो अफ थाइल्याण्ड एरोथाईले पाएको छ । जसले क्यालिब्रेसन फ्लाइटको जिम्मा समेत पाएको छ । सो विमानस्थल निर्माणकार्य शुरु भएको करिव ७ वर्ष भएको छ ।

तर पनि परीक्षण उडानको काम हालसम्म अपुरै छ । क्यालिव्रेसन उडानले जडान गरिएका सञ्चारदेखि उडान-अवतरणका आवश्यक अन्य उपकरणहरु योग्य भएनभएको एकिन हुने वताईएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सभिलि एभिएसन कन्स्ट्रक्सन ग्रुपले गर्दै आएको छ भने, आईसीबी टू तर्फको काम भने थाईल्याण्डको एरोथाई कम्पनीले पाएको छ ।

विमानस्थलको निर्माणकार्य २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । विमानस्थलको प्रारम्भिक लक्ष्य अनुसार डिसेम्बर २०१७ मै सञ्चालनमा आउनुपर्ने भए पनि पटक पटकको म्याद थपले हालसम्म पनि तयार हुन सकेको छैन ।

विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ भए पनि विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको स्रोतले जनाएको छ । विमानस्थल निर्माण कार्यमा एसियाली विकास बैंकले सहूलीयतपूर्ण ऋण सहयोग गर्दै आएको छ ।

३ हजार मिटर लम्बाई र ६० मिटर चौडाई रहेको धावनमार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण हुने सबै क्षमताका विमानहरुको सहजरुपमा उडान-अवतरण गराउन सकिने सम्भावना रहेको जनाईएको छ । एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज एकै पटकमा पार्क गर्न मिल्नेगरी पार्किङ एप्रोन निर्माण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ