- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेपालगञ्ज नाकाबाट एक वर्षको अवधिमा ४ सय बढीको उद्दार गरिएको छ । सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्दार गरिएको संख्या ४ सय ३४ रहेको माइती नेपाल नेपालगञ्जले जनाएको छ ।
आज नेपालगञ्जमा पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको बताए । उनका अनुसार गएको एक वर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।
उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्दार गरिएको र पुनर्मिलन गराइएको यो दुवै संख्या अघिल्लो वर्ष भन्दा बढी नै हो ।
यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको संख्या ११ छ । यो एक वर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकोमा २०३ जनामात्र फेला परेका छन् ।
कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए । राज्यसँग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको कोइरालाले बताए ।
बेचविखनको बदलिँदा स्वरुपहरुमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको कोइरालाको भनाइ छ । ‘बाहिर खुल्न नचाहे पनि सम्पर्कमा आउनेहरु बढेका छन्’, उनले भने ।