arrow

कानून व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
nepal-bar-poush6.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कात्तिक १४ गतेदेखि शुरु भएको आन्दोलन दुई महिना बितिसक्दा पनि जारी रहेको र हरेक दिन बिहान ११ देखि १२ बजेसम्म धर्ना जारी राखेको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिएका छन् ।

आन्दोलन प्रधानन्यायाधीशको राजीनामामा मात्र केन्द्रीत नभइ न्यायालयभित्रको विकृति अन्त्यका लागि केन्द्रीत रहेको पौडेलको भनाइ छ । हाल सर्वोच्च अदालत परिसरमा धर्नाको कार्यक्रम जारी राखेको पनि उनले जानकारी दिए ।

गोलाप्रथाबाट पेशी तोक्ने माग पुरा भए पनि प्रधानन्यायाधीश जबराको राजीनामा सँगसँगै न्यायालय सुधार सुझावसहितको प्रतिवेदन कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने बारले निर्णय पनि गरेको छ ।

आन्दोलनकै क्रममा बारले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ । 



नयाँ