arrow

धरान पुगे प्रधानमन्त्री देउवा, के-के छन् कार्यक्रम ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
deuba-dharan.jpg

काठमाडौं । धरान उपमहानगर स्थापनाको अवसरमा मंगलबार उपमहानगरले सार्वजनिक बिदा नै दिएर ‘धरान डे’ मनाउँदैछ ।

धरान डे लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेर बहादुर देउवा मंगलबार विहान १० बजे नै हेलिकोप्टरमार्फत धरान उत्रिसकेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार स्रोतका अनुसार उपमहानगरको कार्यक्रममा सहभागी भएर देउवाले नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

साथै देउवाले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने र धरान ८ स्थित तीनकुने सुन्दरी बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ