arrow

धरान पुगेका प्रधानमन्त्री देउवा टेम्पोमा सरर..

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
deuba-tempoo.jpg

काठमाडौं । धरान डे लगायतका कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय टेम्पोमा चढेर यात्राको मजा लिएका छन् ।

मंगलबार विहान १० बजे नै हेलिकोप्टरमार्फत धरान पुगेका उनले एक कार्यक्रमको सिलसिलामा टेप्पोको यात्रा गरेका हुन् ।

भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा निर्माण गरेको प्रशोधन केन्द्र उद्घाटनका क्रममा उनले टेप्पोमा यात्रा गरेका हुन् ।

उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको हो । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिएको प्रशोधन केन्द्रको मंगलबार प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ