arrow

मन्त्रिपरिषद बैठक बस्दै, सरकारका सचिवहरुसँग प्रधानमन्त्रीको बेग्लै बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
deuba-cabinet1-2078-03-29.jpg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले बुधबार १ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

बैठकमा आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुने कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले संचारकर्मीहरुलाई जानकारी दिएका छन् ।

त्यस्तै, प्रधानमन्त्री देउवाले आजै मन्त्री र सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने भएका छन् । देउवाले दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरुलाई छलफलका लागि बोलाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ