arrow

ओमिक्रोनको त्रासमा मेलाको रौनकः जोखिम उच्च, सावधानी छैन

logo
नारायण वली,
प्रकाशित २०७८ पुष २१ बुधबार
mela-omicron.png

रुपन्देही । छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकमा निकै प्रभावपूर्ण रुपमा पुनः तेस्रो चरणको दुई चरणको भन्दा थप खतरनाक भनिएको ओमिक्रोन फैलिरहेका बेला आयोजना हुने मेला महोत्सवले महामारीको सुनामी ल्याउन सक्ने खतरा बढेको छ । 

नेपाल सरकारले पनि महामारी नयाँ भेरियन्टको बारेमा स्वास्थ्य मापदण्ड र भीडभाडका कार्यक्रमहरुलाई चाँसो नदिएका कारण आगामी दिनमा ओमिक्रोनको असर नराम्रोसँग सामना गर्नुपर्ने कोरोना विशेष अस्थायी अस्पताल बुटवलका प्रवक्ता एवं लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर नन्दु पाठकले बताएका छन् ।

नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित पुस ६ गते पहिलो पटक २ जनालाई त्यसपछि एक जनालाई गरी हाल ३ जना संक्रमित पुष्टि भएको छ । 

दिनप्रतिदिन ‘जिन नेगेटिभ संख्या बढ्दै गएकाले सरकारले यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले जनाएकी छिन् । 

यता, लुम्बिनी प्रदेशका रुपन्देही, पश्चिम नवलपरासी, दाङलगायत जिल्लामा केही सम्पन्न भैसकेको र केही तयारीमा रहेका मेला महोत्सवले महामारीलाई थप समुदायमा फैलिन मद्दत पुग्ने भएकाले आगामी दिनमा ओमिक्रोनको प्रभाव जटिल बन्ने जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ ।

उनले नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके भारतीय खुल्ला सीमानासँग जोडिएकाले संक्रमण छिट्टै फैलिन सक्ने भएकाले जिल्लाहरुमा भैरहेका महोत्सवहरुले स्वास्थ्य क्षेत्रमा ठूलो धक्का पुग्ने आँकलन गरिएको जनाए ।

उद्योग व्यापार संघ बुटवलले मंगलबारसम्म गरेको १३ दिनको महोत्सवमा अटोमेटिक स्प्रे ट्यानल राखेर स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने जनाए पनि नियम पालना गरिन्न । 

आगामी दिनमा ओमिक्रोनको प्रभाव समुदायमा पर्ने बारेमा भने कुनै वास्ता नगर्दा उच्च जोखिमको आँकलन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ