arrow

प्रधानमन्त्री देउवाको भारत भ्रमणको सरकारबाट अनुमोदन, समकक्षी मोदीसँग भेटवार्ता हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
pm-deuba-speech.PNG

काठमाडौं । पाँचौं पटक प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जान लागेका शेरबहादुर देउवाको भ्रमणलाई सरकारले अनुमोदन गरेको छ ।

पुस २५ गते आइतबार भारत भ्रमणमा निस्कन लागेका देउवाको भ्रमणलाई बुधबारको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो ।

प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जान लागेका हुन । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ