प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ: अध्यक्ष ओली
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
681
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको आरोप लगाएका छन् ।
विहीबार माओवादी केन्द्रका केन्द्रीय कमिटीका पूर्व सदस्य पूर्वसभासद् छिमी दोर्ची लामालगायतको टोलीलाई एमाले प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले प्रचण्ड समूह कुनै बेलाको पेरुको साइनिङ पाथको जस्तो हातल हुने दाबी पनि गरे ।
अध्यक्ष ओलीले भने,‘प्रचण्ड समूह कम्युनिष्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ, हेर्दै जानुहोला त्यसको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’ कार्यक्रममा लामासहित नेकपा माओवादी केन्द्रका ४७ जना बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।