एमाले नवलपुरमा रोशन र जीवन दुवै सर्वसम्मत अध्यक्ष बन्नेमा ढुक्क
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष २३ शुक्रबार
609
Shares
नवलपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको आठौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि वर्तमान अध्यक्ष रोशन गाहा मगर र सचिव जीवन श्रेष्ठ आकांक्षी देखिएका छन् । आजदेखि हुने ७ सय ३६ जना प्रतिनिधि रहको अधिवेशनमा नेतृत्व छनोट भने सर्वसम्मत हुने सम्भावना देखिएको छ ।
नेतृत्वका लागि आकांक्षी देखिएका मगर र श्रेष्ठ दुवै जना आफ्नो पक्षमा सर्वसम्मत हुने दाबीका साथ मैदानमा उत्रिएका छ्न् । वर्तमान जिल्ला अध्यक्षको जिम्मा पाएका कार्यवाहक अध्यक्ष मगरले सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष तिलक महत केन्द्रीय सदस्य भएपछि कार्यबाहक अध्यक्ष पाएको हुँदा आफूले स्वतः जिल्ला अध्यक्ष पाउनु पर्ने दाबीका साथ मैदानमा आएको बताएका छन् ।
वर्तमान सचिव श्रेष्ठले आफू पूरा कार्यकाल सचिव भएको र आफ्नो अध्यक्षमा दाबी स्वाभाविक रहेको बताएका छ्न् । हाम्राकुरासँगको कुराकानीमा एमाले नवलपुरमा गाहा र श्रेष्ठ दुवैले अध्यक्षको दाबी गरिरहँदा सर्वसम्मत अध्यक्ष हुने कुरामा दुवै जना ढुक्क देखिन्छ्न् ।
दुवै जना आकांक्षीहरु आफ्नो पक्षमा सर्वसम्मत हुने विषयमा ढुक्क देखिँदा जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य तिलक महतसँग भने सम्पर्क हुन सकेन ।
शुक्रबारबाट शुरु हुने जिल्ला अधिवेशनले अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । पाँच पदाधिकारी सहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।