arrow

यी हुन् एन्फाका निर्णय, जेठ १५ मा निर्वाचन, विशेष साधारणसभा माघ २९ मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
anfa-meeting-2022-2424242424.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन अगामी जेठ १५ गते हुने भएको छ । एन्फाको दुई दिनसम्म बसेको १५ औं केन्द्रीय कार्यसमिति बैठकले १२ बुँदे निर्णय गर्दै जेठ १५ गते चुनाव गर्ने निर्णय गरेको हो । 

त्यसअघि माघ २० गतेभित्र जिल्ला तथा प्रदेश फुटबल संघ लगायत सदस्य संघहरुको निर्वाचन तथा साधारण सभाको निम्ति निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाई जारी गर्ने र माघ २९ गते एन्फाको विशेष साधारण सभा बोलाउनेसमेत निर्णय भएको छ । 

त्यसैगरी एन्फाले पुरस्कारको मापदण्ड बनाउन पाँच सदस्यीय समिति गठन गरेको छ । त्यस्तै माघ १५ र १८ गते मरिसससँग हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरु खेल्ने निर्णयसमेत बैठकले गरेको छ । 

यी हुन् १२ बुँदे निर्णयहरु



नयाँ