arrow

प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न बालकोटमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
deuba-oli-balkot.jpg

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्न वालकोट पुगेका छन् । 

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार देउवाले शनिबार १० बजे ओली निवास बालकोटमै पुगेर भेटेका हुन् । 

लामो समयदेखि संसद अवरुद्ध रहेको अवस्थामा संसदको गतिरोध खुलाउन सक्रिय देखिएका देउवाले ओलीसँग भेट्न लागेका हुन् ।

एमालेले कारबाही गरेका १४ सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले संसदमा नटाँसेको भन्दै एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आइरहेको छ ।

सत्तारुढ गठबन्धनको बिहीबार बसेको बैठकमा संसदमा देखिएको गतिरोध अन्त्यका लागि ओली निवास नै गएर देउवाले पहलकदमी चाल्न गठबन्धनका नेताहरुले सुझाव दिएका थिए । २१ पुसमा ओलीलाई भेट्न कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट गएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ