arrow

शीर्ष सबै नेताहरु कन्ट्याक्ट ट्रेसिङमा, प्रधानमन्त्री देउवाले आज पीसीआर गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
sher-bahadur-deuba-congesss-nc.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेशनमा बसिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा हिजोदेखि आइसोलेशनमा बसेका हुन् । उनको आज कोरोनाको पीसीआर परीक्षण हुनेछ । 

उक्त परीक्षण नेगेटिभ आएपछि मात्र देउवाले सार्वजनिक कार्यक्रममा सहभागीता जनाउने छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् । 

बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए । उक्त बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरु सबै थिए । प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । 

माओवादीमा अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा कार्यरत अधिकांश संक्रमित भएको बताइएको छ । 

प्रधानमन्त्री देउवा हिजो बिहानमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । त्यसपछि मात्र उनी आइसोलेसनमा बसेका हुन् । 

कोरोना पछिल्लो समय बढ्दो क्रममा छ । शुक्रबार ९६८ तथा शनिबार ९४४ जनामा संक्रमण भएको थियो । अहिलेसम्म २५ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ