arrow

निजामती कर्मचारी युनियन कास्कीमा श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
Suresh Shrestha.jpg

पोखरा । निजामती कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । युनियनको आठौं जिल्ला अधिवेशनमा श्रेष्ठले प्रत्यासी रामचन्द्र पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतदानमा ५१२ मत खसेकामा श्रेष्ठले ३८८ मत प्राप्त गरे । अध्यक्ष श्रेष्ठ पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा अधिकृत तहमा कार्यरत छन् ।

उनी नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को केन्द्रीय महासचिव समेत हुन् । अधिवेशनबाट उपाध्यक्षमा केदार सापकोटा र सचिवमा इन्जिनियर सुमन शर्मा निर्वाचित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ