arrow

मेगा बैङ्कबाट भक्तपुर जिल्लामा सीसीटीभी जडान गर्न सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
mega-bhaktapur-cctv.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्त्वपूर्ण स्थानहरूमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ। मेगा बैङ्क नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैङ्कको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरिन्।

सो अवसरमा उक्त समितिका संयोजक प्रदीप कुमार श्रेष्ठ, कोषाध्यक्ष नवीन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्रनाउ राजु पाण्डेको सहभागिता रहेको थियो।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सिइओ खुञ्जेलीले बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ