arrow

महामारीका कारण गोरु जुधाइ मेला स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
bull-fighting.jpeg

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध गोरु जुधाइ मेला नहुने भएको छ । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते  गोरु जुधाइ मेला हुने गरेको थियो ।

कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्त्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाइ प्रतिस्पर्धा नहुने भएको हो ।

कोरोनाको जोखिम बढेकाले सभा–समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण गोरु जुधाइ मेला स्थगन भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमती, पञ्चकन्या गापाको पञ्चकन्या, शिवपुरी गापाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीलगायतका ठाउँमा हुने गरेको गोरु जुधाइ मेला यस वर्ष स्थगन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ