तालिबानले आफ्ना वित्तीय स्रोत फिर्ता गराउन वाचा पूरा गर्नुपर्ने राष्ट्र संघको सर्त
एजेन्सी,
प्रकाशित २०७८ माघ ५ बुधबार
585
Shares
फाइल तस्बिर
काबुल। संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीको उच्चायुक्त फिलिपो ग्रान्डीले तालिबानले आफ्नो आर्थिक स्रोतहरू फिर्ता गर्न चाहेको खण्डमा केही वाचा पूरा गर्नुपर्ने बताएका छन्। शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घ आयुक्तले अफगान महिला र केटीहरूलाई विद्यालयमा जान अनुमति दिनुपर्ने र अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व हुनुपर्ने, टोलो न्युजले रिपोर्ट गरेको छ।
यसैबिच, उनले वासिङ्टन पोस्टलाई इस्लामिक इमिरेट्ससँग वार्ता जारी राख्नु महत्त्वपूर्ण रहेको र यसले अफगानिस्तान व्यवहारका कुरा सुनिश्चित गर्ने पनि टोलो न्युजले जनाएको छ।
ग्रान्डीले इस्लामिक इमिरेट्स आफ्नो आर्थिक स्रोतहरू स्थिर हुन चाहन्छ भने केही वाचाहरू पूरा गर्नुपर्ने दोहोर्याएका हुन्। अगस्तको मध्यमा तालिबानले कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानको करिब १० अर्ब डलरको सम्पत्ति रोक्का गरेको र इस्लामिक इमिरेट्समाथि प्रतिबन्ध लगाएको थियो।
यस बीचमा, विदेशी सहायताको रोकले अफगानिस्तानको पहिल्यै कमजोर आर्थिक प्रणालीलाई असहाय बनाएको र लाखौँ मानिसहरूको जीवनमा प्रतिकूल असर पारेको छ।