arrow
ADVERTISEMENT

महामारीसँग यति विघ्न लापरवाही किन ? 

logo
प्रकाशचन्द्र जोशी, 
प्रकाशित २०७८ माघ ११ मंगलबार
corona-vaccine-child.jpg
तस्बिर–सङ्खुवासभाको खाँदबारीमा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै ।

काठमाडौं । ओमिक्रोन भेरियन्टका कारण कोरोना भाइरसको संक्रमण कोभिड १९ महामारीको तेस्रो लहर शुरु हुन थाल्दा मानिसहरु एकाएक खोप लगाउन आत्तिए । खोप पाउने अस्पतालमा खोप लगाउनेको भीड बढ्यो । यतिसम्मकि खोप लगाउन जानेहरु नै मास्क नलगाएर खोप लगाउने भीडको लाइनमा उभिए । जसले घरघरमा संक्रमण पुर्यायो र अहिले दैनिक दशहजारको हाराहारीमा संक्रमित थपिइरहेका छन् । 

स्वास्थ्यकर्मीहरुले समेत सावधानी अपनाउन नसक्दा उनीहरु नै संक्रमित भए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले त खोप अभियान नै रोक्न वाध्य भयो स्वास्थ्यकर्मीलाई कोरोना लागेर । यद्यपि मंगलबारदेखि फेरि खोप अभियान सञ्चालन गरिसकेको छ ।

स्थानीय सरकारले कार्यालय बन्द र घरबाट काम गर्ने निर्देशन दिनुभन्दा अघि सवारीमा जोर बिजोर प्रणाली लगाइदियो । दुई गाडीमा जाने मानिसहरु एकै गाडीमा जानुपर्ने अवस्था बन्यो र यसले फेरि झनै संक्रमण बढाउन थालेको छ ।

सरकारी कार्यालयका कर्मचारीहरु आफू पनि संक्रमित भएपछि कार्यालयल नै बन्द या आधा खुलाएर काम सञ्चालन गरिरहेका छन् । स्वास्थ्यकर्मी र सरकारी कर्मचारी पनि आखिर मान्छे नै हुन् । उनीहरुको पनि उत्तिकै लापरवाही देखियो ।

तस्बिरः रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव किरणराज शर्मालाई नेपाली सेनाले सोमबार (माघ १० गते) जङ्गी अड्डामा स्वागत गर्दै, तस्बिर सौजन्य जनसम्पर्क तथा सूचना निर्देशनालय । 

अहिले सरकारी कार्यालयहरु सुनसान बनेका छन् । ४० प्रतिशत बढी संक्रमितहरु सरकारी कार्यालयमा छन् । पूर्ण परीक्षण गर्ने हो भने यो संख्या ६० प्रतिशतको हाराहारीमा पुग्न सक्छ । 

उपत्यकामा झन्डै एक तिहाइ मानिसहरु मास्क नलगाएर घरबाहिर हिँडिरहेका छन् । बजार निस्किँदा मास्क लगाएका पसलेहरु निकै थोरै देखिन्छन् ।

तरकारी पसलदेखि विभिन्न हाटबजारमा सीमित व्यापारीलेमात्र मास्क लगाएको देखिन्छ । उनीहरु निराश देखिँदैनन् । यस्तो लाग्छ कोरोनाको त्रास उनीहरुमा छँदैछैन । उनीहरुका लालाबाला पनि त्यहीं खेलिरहेका हुन्छन् निष्फिक्री ।

होटेलमा मानिसहरुको उस्तै भीड छ । घरभित्रै पनि बढी मानिस लापरबाही गर्ने र कम मानिस सावधानी अपनाइरहेको देखिन्छ । कसैले हात धुने, मास्क लगाउने कुरा गरेमा उसलाई कस्तो डराउँछ ? भनेर उल्छै घोचपेच गरिरहेको अवस्था छ ।

मानिसहरु घरघरमा बिरामी भएका छन् । तर परीक्षण गर्नेको संख्या न्यून छ । स्वास्थ्य मापदण्डको पालना गर्नु त निकै परको कुरा ।

बाहिर सार्वजनिक स्थानमा भएका आधाले मास्क लगाएको देखिँदैन । प्रहरी प्रशासनले पनि घरघरमा गएर मास्क लगाउन भन्ने अवस्था रहेन । सडकमा पनि सुरक्षाकर्मीले कमै चासो दिएको छ । धेरैजसो स्थानमा त सुरक्षाकर्मी नै हुँदैन । यस्तो लाग्छ कि सुरक्षाकर्मीहरुसमेत संक्रमित भइरहँदा ‘हुँदै जान्छ’ भन्ने मानसिकता हावी भएकोजस्तो लाग्छ ।  

प्रत्येक मानिसको लापरवाहीले ओमिक्रोन भेरियन्टको संक्रमण झनै भयाभह भइरहेको छ । ओमिक्रोन कम घातक छ भनेर संक्रमण बढे अर्को भेरियन्ट आउँछ भन्ने कुरातर्फ मानिसहरुको ध्यान छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले बढेको कोरोना संक्रमितमा ८० प्रतिशत नयाँ भेरियन्ट ८० प्रतिशत भएको बताएको छ । यसले एक जनाबाट १० जनासम्मलाई सार्छ । अनुमान गरौं यसको स्थिति कति भयावह होला । 

सरकारले लकडाउन गरे विरोध गर्ने, राति के खाने ? दिनमा के खाने ? भन्नेहरु घरबाहिर निस्किदा मास्क लगाउँदेनन् । जसका कारण सरकारले झन् कडाइ गर्नुपर्ने स्थिति आउन सक्छ । 

पेट पाल्न काम गर्नुपर्छ भन्नेहरुको ठूलो जमातमा पनि स्वास्थ्य मापदण्ड पालनाको विषयलाई लिएर चरम लापरबाही छ । पेट पाल्न सबैले काम गर्छन्, त्यतिकै कसैको पेट पालिँदैन । 

तर स्वास्थ्य मापदण्डको पालनासहित संक्रमणलाई लिएर सावधानी अपनायो भने ज्यानसमेत जोगिन्छ र औषधि किन्नु पर्ने संकट निम्तिदैन भन्नेतिर कमैको ध्यान छ ।

अर्का थरीहरु आफन्त, साथीहरुसँग भेटघाट र पार्टीमा मस्त, व्यस्त छन् । स्वास्थ्य मापदण्डको कुरै नहुने किसिमको जमात पनि यसभित्रै छ । कोही लुकिछिपी तीन चार डोज खोप लगाएर बसिसकेका छन् ।

चौतर्फी आम नागरिकको चरम लापरबाहीले देशलाई भने समग्रमा ठूलो संकट व्यहोर्नुपर्ने अवस्था आउने देखिन्छ ।

के भन्छ सुरक्षा निकाय ?
सरकारले दिएको निर्देशनअनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको विषयमा आफूहरुले निगरानी गरिरहेको, माइकिङ गरिरहेको र मानिसहरुलाई सम्झाइ बुझाइ गरिरहेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरको भनाइ छ ।

जोरबिजोर प्रणालीमा पनि हेरफेर गरिरहेको उनले बताए । यद्यपि सबै मानिसहरु सचेत नदेखिएको उनको भनाइ छ । कतिपयलाई सम्झाइबुझाइ गरिएको र कतिपयले त्यतिले पनि नमान्ने गरेको महानगरीय प्रहरी प्रवक्तासमेत रहेका एसपी राठौरले बताए ।

निरन्तर सूचना जारी गर्दै मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसहरुले सावधानी अपनाउन र स्वास्थ्य मापदण्ड पालना गर्ग निरन्तर आग्रह गरिरहेको छ । आफूहरुले निरन्तर रुपमा यसका लागि निर्देशन दिइरहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण खास गरी ओमिक्रोनको संक्रमण धेरैजसोमा फैलिसकेका डा. शेरबहादुर पुन बताउँछन् । स्वास्थ्य मापदण्डहरु पालनामा लापरवाही भएकै कारणले समेत संक्रमण बढेको उनको भनाइ छ ।

संक्रमणलाई चाँडो भन्दा चाँडो न्यूनीकरणतर्फ लैजान स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आवश्यक रहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ