arrow

बस्दै फुटबल संघको कार्यसमिति बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
anfa-logo-final.jpg
तस्बिर– फाइल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ११ः३० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्न लागेको एन्फाले जनाएको छ । 

यसअघि भर्चुअल रुपमा हुने भनिएको बैठक भौतिक रुपमा नै हुने भएको छ । भर्चुअल बैठकबारे उपाध्यक्षसहित केहि सदस्यले विरोध जनाएपछि भौतिक रुपमा नै डाकिएको हो।

बैठकमा आर्थिक निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनाको छानविन प्रतिवेदन उपाध्यक्ष वीरबहादुर खड्काले प्रस्तुत गर्ने छन् । त्यस्तै अन्य विभिन्न एजेन्डामा छलफल हुनेछ । 

एन्फाको नयाँ कार्यसमितिको निर्वाचन आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन हुने भएको छ । त्यसका लागि नै तयारी तीव्र पार्न थालिएको छ । यसअघि पुस २२ गते बसेको एन्फाको कार्यसमिति बैठकले जेठ १५ को निर्णय तय गरेको थियो । 



नयाँ