arrow

मानिसको मन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
king-elephant.jpg

काठमाडौं ।  महाभारतको शान्ति पर्वका अनुसार एक समय धर्मराज युधिष्ठिरले पितामह भीष्मसँग शान्ति पाउने उपाय बारे सोधे | तब भीष्मले भने- हे पुत्र ! एक समय एक राजाले आफ्नो हात्तीलाई  खूब मदिरा पिलाए र त्यसमा बसेर घुम्न निस्किए । मार्गमा राजालाई हात्तीले लडाएर आक्रमण गर्न खोज्यो | राजा हात्तीसँग भयभीत भएर प्राण बचाउन भागे । राजा भाग्दा भाग्दै अचानक एक  इनारमा झरे , इनारको माथि एक पीपलको रुख थियो त्यसको जरा इनारमा फैलिएको थियो ।

राजा पीपलको एक जरामा अल्झिए । सो समय राजाले देखे कि एक सेतो मुसा र एक कालो मुसा जुन जराको सहारामा उनी झुन्डिएका छन् त्यसलाई काटी रहेको छ । राजाले तल निहुरेर हेरे त त्यहाँ अनेक विषधारी सर्प, खजुरा र बिच्छी उनको झर्ने प्रतीक्षामा छन् ।  कि कहिले राजा झर्छन् र हामी खाऔँ । माथि हात्ती पनि राजालाई मार्नेलाई आक्रामक भएर बसेको छ । राजा सोच्छन्, 'यदि माथि गए भने मलाई हात्तीले मार्नेछ । यदि माथि नजाऊ भने कालो र सेतो मुसाहरूले जरा काट्दै छन् जस कारण म तल गिर्नेछु र त्यो सर्प र बिच्छीले मलाई खानेछ ।'

यतिकैमा राजालाई माहुरीको महको चाका देख्छन् | राजा मुख खोलेर त्यसलाई हेर्न थाले कि कहिले मह चुहिनेछ र खान पाउ | राजाले हात्तीलाई बिर्सिए । तल इनारमा रहेको सर्प, बिच्छीहरू, पिपलका जरा काट्दै गरेका मुसा सबै बिर्सिए । केवल यति नै याद रह्यो कि मह मीठो हुन्छ । यति पनि विचार गरेनन् कि यदि यसै प्रकार मह चहुदै गर्दा उनले पनि तल झर्ने पर्नेछ ।

यसै प्रकार जीव रूपी चक्रवर्ती राजा पनि मन रुपी हात्तीलाई मोह रुपी मदिरा पिलाएर संसारको भ्रमण गर्न आएको छ  | यहाँ मन रुपी हात्तीले जीव रुपी राजालाई चौरासी योनी रुपी इनारमा झारेको छ | जीव निकै छोटो आयु रुपी जरामा अल्झिएको छ । आयुलाई दिन र रात रुपी मुसाले क्षण क्षण रुपी दाँतहरूले समाप्त गरिरहेको छ । आयु समाप्तसँगै जीव चौरासी योनीमा जादैछ | जहाँ काम, क्रोध, लोभ, मोह, अहङ्कारको परिणाम स्वरूप नाना प्रकारका दुःख मिल्नेछ  | तर मानिस यसै आशामा रहेको छ कि यी विषयमा आनन्द आज मिल्नेछ ,भोलि मिल्नेछ परन्तु आनन्द मिल्दैन । आयु समाप्त हुँदै जान्छ र पुन जीव चौरासी लख योनीमा गएर अनेक प्रकारका दुःख भोग्नेछ | यी महा भयङ्कर दुःख दिने कष्टबाट मनुष्य योनिमा नै छुटकारा पाउन सक्छ  |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ