arrow

लुम्बिनी प्रदेश विकासको गतिमा : मुख्यमन्त्री केसी 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ फागुन ४ बुधबार
kulprasad-kc-lumbini.JPG

भालुवाङ, दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश विकासको गतिमा बढेको बताएका छन् । प्रदेशको चौथो स्थापना दिवसको अवसरमा आयोजना राप्ती उपत्यकामा आयोजित कार्यक्रममा बोल्दै केसीले पछिल्लो वर्ष लुम्बिनीवासीका लागि उपलब्धिमूलक भएको बताएका हुन् ।

मुख्यमन्त्री केसीले प्रदेशलाई जनअपेक्षा अनुसार समृद्ध बनाउन अधिकतम प्रयास गरिएको बताए। आगामी वर्षमा सरकारका काम कार्यलाई प्रभावकारी बनाउनको लागि अझै प्रदेश सरकारले गति प्रदान गरी अगाडि बढ्ने उनले बताए । ‘लुम्बिनी प्रदेशवासीको लागि ४ वर्षको उपलब्धिमूलकको वर्ष बनेको छ । आगामी दिनमा अझै प्रभाकारी रूपमा अगाडि बढाउनु पर्ने विषयमा हामी गम्भीर छौँ,’ उनले भने ।

उनले लुम्बिनी प्रदेश सरकारको तीन वर्ष राजनीतिक हिसाबले एकल जस्तो भए पनि पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यको आधारमा सरकार निर्माण र सञ्चालन भएको बताए । सरकारले प्रदेशवासीको गाँस, बास, कपास, शिक्षा स्वास्थ्यलगायत पक्षको सुधारका गर्न प्रतिबद्धता समेत व्यक्त गरे । 

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसकै अवसर पारेर १० विधामा ५७ जनालाई विभिन्न पदकबाट विभूषित गरेका थिए । पदकबाट विभूषित हुनेहरूलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मान तथा विभूषणबाट विभूषित गरेका थिए ।

लुम्बिनी प्रदेशमा प्रदेश राजधानीका सम्पूर्ण काम अस्थायी मुकाम बुटवलबाटै गरिए पनि गत वर्षबाट प्रदेश स्थापना दिवस भने दाङमा मनाउन थालिएको छ । प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेपछि सरकारले दाङमा स्थापना दिवस मनाउन थालेको हो । 

चौथो स्थापना दिवसको अवसरमा प्रदेशमा मङ्गलवार सार्वजनिक बिदासमेत दिइएको थियो । दाङ बाट स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय र पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको काम सञ्चालनमा आएको पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपालले बताइन् । 

राजधानीको लागि बस्ती विकास तथा मन्त्रालयका संरचनाको लागि तयार पारिएको विस्तृत योजना र प्रदेश सरकारका कामहरूको बारेमा कार्यक्रममा वृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक र जातीय भाकिहरुको प्रस्तुति गरिनुका साथै विषयगत मन्त्रालयहरूको स्टल समेत राखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ