arrow

एमसीसीको विरोधमा प्रदर्शन (१५ तस्बिर)

logo
बिना सुबेदी,
प्रकाशित २०७८ फागुन ८ आइतबार
8.jpg

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा संसद भवन बाहिर आइतबार प्रदर्शन भएको छ ।

प्रतिनिधि सभामा एमसीसी सम्झौता प्रस्ताव पेस भइरहँदा संसद भवन बाहिर भने प्रहरी र प्रदर्शनकारी बीच झडप भएको हो । एमसीसीको विरोध गर्न हजारौँको सङ्ख्यामा प्रदर्शनकारी बानेश्वरमा पुगेका थिए ।

 

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

 

प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले रबरको गोलीसमेत चलाएको थियो ।

 

प्रदर्शनमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरूका कार्यकर्ता सडकमा उत्रिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ