arrow

विशेष छलफल भन्दै ओली पुगे बालुवाटार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
deuba-oli.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्न प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिशेष छलफल गर्ने भन्दै आली बालुवाटार पुगेका हुन् । 

देउवा र ओलीबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।  

पछिल्लो समय ओलीको बालुवाटार भित्रिने क्रम बाक्लिएको छ ।  एमसीसीलाई लिएर ओली केही लचिलो देखिएका छन् । प्रम देउवा पनि  ओली निवास बालकोट पुग्ने गरेका छन् । 

एमसीसीमा सत्ताधारी दलहरु माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गर्ने भएसँगै नेपाली कांग्रेसले एमालेको साथ खोजिरहेको छ । 

अहिलेसम्म सत्ताधारी गठबन्धनको रमिता हेरेर देशको गम्भीर निर्णयमा पनि मौन भएका ओली आलोचित बन्दै आएका थिए । 

यो परिस्थितिबीच भइरहेको विशेष छलफलले सार्थक परिणाम दिने अपेक्षा गरिएको छ । 

संसदबाट पारित गर्नुपर्ने एमसीसी गत फागुन ८ गते टेबुल भएको हो । संसद बैठक १२ गते बिहीबार बस्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ